मेरो गाउँ
बलखुको गौंडाबेसी
प्रकृतिको खानी ।
गाउँमुनि सुसाउंछ
सुनकोशीको पानी ।।
वरिपरि हरियाली कति
राम्रो बन ।
घरैबाट दृश्य हेर्छु
उतै जान्छ मन ।।
चमेली र बेली अनि सयपत्री फुल्छन् ।
अपार यो सौन्दर्यले
पर्यटक भुल्छन् ।।
चराहरु रमाउँछन् फल-फूल
खाई ।
कोइली चरी नाच्छिन अनि मिठो भाका गाई ।।
कति राम्रो मेरो
गाउँ हेरौं हेरौं लाग्छ ।
नाघुम्नेलाई जति
घुम्यो उति रहर जाग्छ ।।
बाख्रा लिई कहिलेकाहिं
जंगलतिर जान्छु ।
ऐंसेलु र काफल टिपी
रमाई-रमाई खान्छु ।।
स्वर्ग जस्तो थियो
गाउँ, सम्झे दिल दुख्छ ।
काठमाडौँमा बसेपनि
मन गाउँमै पुग्छ ।।
-युगादि लुइटेल (प्रकाशित: पल्लवी , २०६४ )
Comments
Post a Comment