‘नराम्रा शिक्षक कसरी सुधार्ने ?’

शिक्षक’ मासिक पत्रिकाले ‘नराम्रा शिक्षक कसरी सुधार्ने ?’ शीर्षकमा आव्ह्वान गरेको लेखमा मेरो लेख उत्कृष्ट भएर पुरस्कृत भएको थियो। यो लेख २०६६ को असार अंकमा प्रकशित छ :

सुधार्ने आफैंलाई हो, सुध्रिने आफैं हो

आफू गलत छु वा वि द्याथीहरूमाझ अप्रिय छु भन्ने कुरा तपाइको मस्तिष्कले बताउछँ भने तत्काल नै आफूलाई परिवतर्न गर्ने दृढृ स ङ्क ल्प गरिहल्नुहोस।

नराम्रा  शिक्षक सुधार्न  कुनै बाह्य तत्वको  भन्दा शिक्षक स्वयंको भूमिका बढी प्रभावकारी एबं फलदायी हुन्छ। सर्बप्रथम त हरेक शिक्षकले आफु विद्यार्थी, बिद्यालय प्रशाशन, अभिभावक वा सम्बन्धित क्षेत्रको नजरमा योग्य छु वा अयोग्य भन्ने कुराका स्वयं मूल्यांकन गर्नु जरुरि हुन्छ। यसका लागि उसले विद्यार्थी, अभिभावक आदिसंग अन्तरक्रिया गरेर आफ्ना कमजोरी तथा नराम्रा पक्ष एबं बानीव्याबहारलाई औंल्याइदिन आग्रह गर्न सक्छ। उनीहरूबाट राम्रो सुझाबको अपेक्षा गर्नु  र त्यसलाई कार्यरूपमा बदल्नु  उसको प्रमुख दायित्व हुन्छ। आफू  गलत छु वा  वि द्याथीहरूमाझ  अप्रिय छु भन्ने कुरा  तपाइको मस्तिष्कले बताउछँ भने  तत्काल नै आफूलार्इू  परिवतर्न  गर्ने  दृढृ सङ्कल्प गरिहल्नुहोस।   प्रबल इच्छाको नतिजा तिलस्मी हुन्छ । आँखा बन्द गरेर अठोट गर्नुहोस कि, ‘म अपमानित, अयोग्य र अप्रिय शिक्षकबाट मायालु, सम्मानित, स्वाभिमानी, योग्य र प्रिय शिक्षक बनेर छाड्नेछु।’ दढृ विचार सफलता प्राप्तिको मूल आधार हो । त्यसैले आफैंलाई सुधार्ने यो एउटा अचुक औषधि हो। जब तपाईं आफैंप्रति इमान्दार बनरे एउटा असल शिक्षक बन्ने अठाटे गर्नुहुन्छ, तब तपाइर्कां सम्पूर्ण काम यसप्रति झुक्न बाध्य हुनेछन । बिस्तारै-बिस्तारै तपाईंमा आफूले शिक्षक भएर निर्बाह गर्नुपर्ने दायित्व निर्वाह गर्न  नसकेको यथार्थबोध  हुनेछ र तपाईं आफ्नो मस्तिष्कमा नयाँ र सकारात्मक विचारहरुको स्थापना गर्दै त्यसलाई व्यवहारमा उतार्नुहुनेछ । आफलाइू बदल्न ‘सेल्फ एक्चुएलाइजेसन्’अति नै महत्वपूर्ण तत्व हो।

कतिपय शिक्षकहरू ज्ञानको  कमीले  ‘नराम्रा मानिन्छन् भने  कोहि चाँही उनीहरूको  रुखो  व्यवहारका कारण ‘खराब’ मानिन्छन । तसर्थ आ–आफ्ना कमजोरीहरू आफैंले पत्ता लगाई त्यसलार्इ सुधार्न ‘नराम्रा शिक्षक’ स्वयं लाग्नुपर्छ। अरूले दबाब दिएर खराब शिक्षकलार्इ सुधार्न कठिन छ । प्रशन्न  व्यक्ति जो कोहीलार्इे  पनि मन पर्छ । त्यसैले विद्यार्थीमाझ सदैब हसिलो चेहरा लिएर प्रस्तुत हुने गरौँ। कक्षामा प्रवेश गर्नासाथ उल्लासमय वातावरण बनाइदिनुहोस् । सबै विद्यार्थीहरुसंग समान र प्रेमपूर्वक व्यवहार गर्ने बानी बसाल्नुहोस। प्रत्येक विद्यार्थीको आँखामा आँखा मिलाउनुहोस। उनीहरुको विचार सुन्न सदैब अग्रसर हुनुहोस्। विद्यार्थीहरुसंगको अन्तरक्रिया उनिहरुसंग चांडै घुलमिल हुने प्रमुख आधार हो। समस्याको सही समाधान गर्नेलाई प्रोत्साहन र हौसला दिनुहोस । सामुहिक कार्यमा जोड दिनुहोस्। यसो  गर्नाले  विद्यार्थी–विद्यार्थीमाझ गहिरो सम्बन्ध स्थापित हुन्छ भने शिक्षकप्रति उनीहरुको  सकारात्मक धारणाको विकास हुन्छ। सकसेम्म आफूले जानेको र सुनेको रोचक घटनाहरुको वर्णन गरिदिनुहोस। यस्ता कार्यले आफूलाई विद्यार्थीमाझ राम्रो र लोकप्रिय बनाउन मद्दत पुग्छ। केही वि द्याथी पढाएर्का नबुझेपछि शिक्षकलाई नराम्रो ठान्छन् । त्यस्ता शिक्षकले पनि आफ्नो कमजोरी महसुस गरी विषयवस्तुको बढी ज्ञान लिने र नयाँ शिक्षण विधि प्रयोग गर्ने गर्नुपर्दछ। आफुले पढाउने बिषयबस्तुमा शिक्षकले पहिल्यै तयारी गर्नुपर्दछ। छात्रछात्रालार्इ नयाँ कुरा खोज्न प्रोत्साहन गर्नुहोस्। उनीहरू जबसम्म बुझ्दैनन् हाँसीहाँसी व्याख्या गरिरहनुहोस् । विभिन्न् ढङ्गबाट विश्लेषण गरिदिनुहोस्। उनीहरूसँग कत्ति पनि नझार्किनुहोस । मायालु भावले बर्णन गर्नाले जति नै अप्ठ्यारा कुरा पनि सरल लाग्नेछन् । परिणामतः वि द्याथीहरूले  तपाइलार्ईं राम्रो शि क्षक मान्न थाल्नेछन् ।

शिक्षकको महत्वपूर्ण गुण भनेको विद्यार्थीको मनोभावना बुझ्नु हो । उनीहरुको अवस्था अनुरुप व्यवहार गर्नुपर्दछ। उनीहरू अत्यन्त गम्भीर भएर कुनै कुराको अवलोकन, खोज वा समाधान गरिरहका छन् भने त्यस्तो बेला उनीहरूलाई  व्यंग्य गर्नु हुँदैन । विद्याथीहरू रमाइरहेको क्षणमा शिक्षक पनि उनीहरूसँगै  रमाइदिनु लाभदायक हुन्छ।विद्यार्थीको हरेक प्रश्नलाई गम्भीर भावले लिनुपर्छ । हरेक शिक्षकले विद्यार्थीसामु यस्तै  तरिकाबाट प्रस्तुत  भएमा कुनै पनि शिक्षक नराम्रो हुँदैन ।सबै शि क्षक राम्रा हुन्छन अनि सबै वि द्यार्थी र सबै  वि द्यालय राम्रा  हुन्छन। फलतः हाम्रो परिवार , समाज अनि समग्र राष्ट्र राम्रो हुन्छ अनि यो सारा विश्व राम्रो हुन्छ। तसर्थ यो विश्वलार्इ राम्रो पार्ने अभिभारा बाकेका सम्पूर्ण  शिक्षकले आफू ‘राम्रो र नराम्रो’ को स्वमूल्यांकन  गरी सुधारतर्फ लाग्नु आजको आवश्यकता हो। त्यसैले परिवर्तनको अपेक्षा राख्नुहुन्छ भने आफैं बाट शुरु गर्नुहोस।नराम्रा शिक्षकलाई सुधार्न शैक्षिक, सामाजिक, प्रशाशनिक र राजनीतिक क्षेत्रबाट पनि विभिन्न प्रयासहरु थाल्नु जरुरी छ । विगतमा नराम्रा  शिक्षकका रूपमा गनिएका शिक्षक  वर्तमानमा सुध्रिएको पाइएमा उनीहरूलार्इ पुरस्कृत, सम्मानित र अभिनन्दित गर्नुपर्दछ। यसो गर्नाले नराम्रा शिक्षक राम्रा बन्न प्रेरित हुनेछन्। राजनीतिक क्षेत्रले पनि त्यस्ता शिक्षकलाई सहयोग गर्नुपर्छ। तर, सुधार्ने नाममा  त्यस्ता शिक्षकहरूमाथि अनावश्यक दबाब दिइनुहुँदैन । उनीहरूलाइ अन्य ठाउँमा सरुवा गराउने, विभिन्न लाञ्छना लगाउने गरेमा तीनमा हीनताबाधे उत्पन्न हन्छ । दुख दिएर सुधार गर्न खोजियो भने खराब शिक्षकले कहिल्यै आफुलाई सही ढङ्गबाट रुपान्तरित गर्न सक्दैन। सकारात्मक व्यवहार र सोचद्वारा नै  समस्याको समाधान हुन्छ। नरामा शिक्षकलाइ र्पपूर्ण रुपमा राम्रोमा बदल्ने हो भने प्रत्येक शिक्षक आफैले परिवर्तन थाल्नु जरुरी छ । त्यसैले आज र अहिल्यैबाट नराम्रोबाट राम्रो, अयोग्यबाट सुयोग्य र खराबबाट असल शि क्षक बन्नतर्फे  अगस्रर बनौं, बनाऔं र बन्न प्रेरित गरौँ ।   

-युगादि लुइटेल (२०६६)             



Comments

Popular posts from this blog

CAREER CHOICES FOR NEWLY QUALIFIED CA IN NEPAL

PROCESS OF REGISTERING A NGO IN NEPAL

CHARTERED ACCOUNTANTS-NEPAL ELECTRICITY AUTHORITY (NEA) PAST QUESTIONS