CHARTERED ACCOUNTANTS-NEPAL ELECTRICITY AUTHORITY (NEA) PAST QUESTIONS

२०७४ साल भाद्र २० गते लोक सेवा आयोगले  नेपाल बिद्युत प्राधिकरण को आठौँ तह मा चार्टर्ड एकाउन्टेट पदको लागि लिएको परीक्षाको प्रश्नपत्र:

लोक सेवा आयोग
नेपाल बिद्युत प्राधिकरण,प्रशाशन, लेखा, चार्टर्ड एकाउन्टेसी, आठौँ, चार्टर्ड एकाउन्टेट
पदको प्रतियोगितात्मक लिखित परिक्षा
२०७४/०५/ २०

पत्र  : प्रथम                                                                                                                        पूर्णान्क : ७० 
समय: २ घण्टा                                           बिषय: सेवा सम्बन्धि   

छोटो उत्तर (८*५ =४० अंक )

१.        आर्थिक बर्षको समाप्तिमा गरिने ४ प्रमुख समायोजन कारोबारहरू (Adjustment Entries) को उदाहरणसहित संक्षिप्त चर्चा गर्नुहोस।
२.       Financial Leverage भन्नाले के बुझिन्छ ? यसको मापन कसरि गरिन्छ ? सुत्रसहित व्याख्या गर्नुहोस।
३.       स्थिर सम्पति अन्तर्गत बिषेशत: सवारी साधन उपरको आन्तरिक नियन्त्रण प्रणाली कसरि स्थापित गर्न सकिन्छ ? लेख्नुहोस।
४.       नेपाल बिद्युत प्राधिकरण आर्थिक प्रशाशन बिनियामवाली बमोजिम बजेट कार्यान्वयन प्रगति समिक्षा सम्बन्धमा चर्चा गर्नुहोस।
५.       विद्यमान कम्पनि ऐन अनुसार बिदेशी कम्पनीको नेपालमा साखा दर्ता गर्न आवश्यक प्रक्रियाहरु उल्लेख गरि त्यस्ता शाखाले  कम्पनि ऐन बमोजीम बार्षिक रुपमा बुझाउनुपर्ने बिबरणहरु उल्लेख गर्नुहोस।
६.       आयकर ऐनमा बासिन्दा व्यक्ति (Resident Person) लाई कसरि परिभाषित गरिएको छ? लेख्नुहोस।
७.      बिद्युत प्राधिकरण बिद्युत चुहावट नियन्त्रण सम्बन्धि परामर्श लिनको लागि प्राधिकरणले अमेरिकी नागरिकलाई नियुक्त गरेको छ। निज अमेरिकी नागरिकले अमेरिकामा नै बसी USD 1,00,000 सेवा शुल्क लिने गरि २०७४ बैशाखमा राय ब्यक्त गरेको पाइयो। सो सेवा शुल्कको भुक्तानी २०७४ असर ७ गते भयो। माथि उल्लेखित सदर्भालाई आधार मणि देहायका प्रश्नहरुको जवाफ दिनुहोस। ( परामर्श प्राप्त गर्दाका बखत अमेरिकी डलरको खरिद रु. १०२ प्रति डलर र भुक्तानीको समयको खरिद डर रु. १०५ प्रति डलर )
क.     बिद्युत राधिकरणले माथि उल्लेखित परामर्श शुल्कमा मूल्य अभिब्रिद्दी कर तिर्नुपर्छ कि पर्दैन ? मूल्य अभिब्रिद्दी कर ऐनमा भएको व्यवस्थाका आधारमा उल्लेख गर्नुहोस।
ख.     मूल्य अभिब्रिद्दी कर भुक्तानी गर्नुपर्ने भए कुन समयमा त्यस्तो कर सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्छ ?
ग.       मूल्य अभिब्रिद्दी कर दाखिला गर्न बिर्सी लेखापरीक्षणको क्रममा उल्लेख गरेको कैफियतको आधारमा तिर्नुपरेमा २०७४ पौषमा कति रकम थप दस्तुर र ब्याज बुझाउनुपर्ने हुन्छ ?
८.       विद्युतीय कारोबार ऐन अनुसार कुन अवस्थामा विद्युतीय अभिलेख उत्पतिकर्ता को हो भनि मनिनेछ ? लेख्नुहोस।

लामो उत्तर                                                                                                          ३*१०= ३० अंक

९.       जिम्मेवारी लेखांकन (Responsibility Accounting) को बारेमा बिस्तृतमा चर्चा गर्नुहोस
१०.    विद्यमान सार्वजनिक खरिद ऐनमा उल्लेख भएका खरिदका तरिकाहरुबरे बिस्तृत ब्याख्या गर्दै Local Bids International Bids को evaluation standard को बारेमा चर्चा गर्नुहोस
११.     नेपाल लेखामान १० अनुसार सरकारी अनुदान (Government Grants ) र सरकारी सहायता (Government Assistance ) को लेखांकन के कस्तो अवस्थामा गर्न सकिन्छ र वित्तीय बिबरणमा सो को प्रस्तुतीकरण कसरि गर्नुपर्ने हुन्छ ? स्पष्ट पार्नुहोस




लोक सेवा आयोग
नेपाल बिद्युत प्राधिकरण,प्रशाशन, लेखा, चार्टर्ड एकाउन्टेसी, आठौँ, चार्टर्ड एकाउन्टेट
पदको प्रतियोगितात्मक लिखित परिक्षा
२०७४/०५/ २०

पत्र    : द्वितीय                                                                                                                     पूर्णान्क : ३०
समय : १ घण्टा                                          बिषय : ब्यबस्थापकीय ज्ञान  

१.        द्वन्द ब्यबस्थापनका मुख्य सिद्धान्तहरुको चर्चा गर्दै संगठनमा द्वन्दको सम्भावना न्यूनीकरण गर्न के कस्तो कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस ।                                                              ५
२.       आवधिक योजनाहरुले अपेक्षित उपलब्धिहरु हासिल गर्न नसक्नुका प्रमुख कारणहरु लेख्नुहोस।    ५
३.       ब्यबस्थापन सूचना प्रणालीले निर्णय प्रक्रियामा पुर्याउने भूमिकाको चर्चा गर्दै यसमा गर्नुपर्ने सुधारबारे लेख्नुहोस।५

लामो उत्तर                                                                                              १ * १५ =१५ अंक

४.       बि.सं. १९६८ मा सर्बप्रथ नेपालले फर्फिंग जलविद्युत आयोजनाबाट ५०० किलोवाट बिजुली उत्पादन गरेको थियो। नेपालको हाल कुल बिद्युत माग १४०० मेगावाट छ भने बिद्युत उत्पादन केवल ८५० मेगावाट छ भारतबाट करिब २५० मेगावाट आपूर्ति भएपनि माग र आपूर्तिको ठुलो खाडल छ। जलविद्युत्को प्रचुर सम्भावना भएर पनि आगामी १० वर्षभित्र बढी बहावमा आधारित र जलाशययुक्त आयोजनाहरुबता १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लियिएको छ। सौर्य स्रोतबाट शक्ति निकल्नुभन्दा जलाबिद्युत्बाता शक्ति निकाल्न सस्तो पर्दछ। तर नयाँ प्रबिधिले सौर्य शक्ति लै सस्तो नपर्ला भन्न सकिदैन। विश्व बैंक तथा एसियाली बिकास बैंक पनि नेपालमा जलविद्युतको बिकास भएको र नेपाल समृद्द भएको देख्न चाहन्छ र लगानी गर्न इच्छुक छन्। जलविद्युत बिकासका लागि उर्जा मन्त्रालय, बिद्युत बिकास बिभाग, नेपाल बिद्युत प्रधिकराना, लगानी बोर्ड जस्ता थुप्रै निकाय पमी छन्। समय समयमा यिनीहरु बीच क्षेत्राधिकारबारे किचाली पनि सुनिन्छ। चमेलियागाढ जस्तो प्रति मेगावाट ५५ करोड रुपैयाँ बढी लागत लाग्ने अति महँगो प्रोजेक्ट पनि छन्। माथि दिएका समस्या अध्यान गरि देहायको ढाँचामा समाधान प्रस्तुत गर्नहोस् ।

क.     समस्याका मुख्य मुख्य कारणहरु दर्शाउनुहोस् ।
ख.     समस्या समाधानका लागि सुझाबहरु प्रस्तुत गर्नुहोस ।
ग.       प्रस्तुत सुझाबहरु कर्यांन्यायान्न गर्दा त्यसबाट पर्नसक्ने सकारात्मक प्रभावहरु उल्लेख गर्नुहोस


Comments

  1. Thirty-six 카지노 사이트 of those compartments, painted alternately purple and black, are numbered nonconsecutively from 1 to 36. On European-style wheels a 37th compartment, painted green, carries the signal 0, and on American wheels two green compartments on opposite sides of the wheel carry the indicators 0 and 00. The wheel, its spindle perfectly balanced, spins easily in an virtually frictionless method. After the supplier clears the table and has paid the winners, play begins for the following round. He'll pause for a bit, giving everybody time to decide on their bets. The supplier will announce, "No extra bets!" when the ball drops from the monitor onto the wheel.Once the ball settles, the supplier places a marker on the profitable number .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

CAREER CHOICES FOR NEWLY QUALIFIED CA IN NEPAL

PROCESS OF REGISTERING A NGO IN NEPAL